Latest

6/recent/ticker-posts

Nepal Telecom new voice pack - नेपाल टेलिकमको नयाँ भ्वाइस प्याक, जुनसुकै नेटवर्कमा सस्तो पैसामा कल गर्न सकिने

Nepal Telecom is going to provide an affordable 'All-Net Voice Pack' which can be used to communicate in the network of any service provider.

Nepal Telecom जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका ‘अल-नेट भ्वाइस प्याक’ ('All-Net Voice Pack')  उपलब्ध गराउने भएको छ ।

हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका ‘अन-नेट भ्वाइस प्याक’  ('All-Net Voice Pack') कायम राख्दै तिनमा थप सुविधासहित कम्पनीले किफायती मूल्यमा विभिन्न प्रकारमा ‘अल-नेट भ्वाइस प्याक’ उपलब्ध गराउन लागेको हो ।

नेपाल टेलिकमको नयाँ भ्वाइस प्याक, जुनसुकै नेटवर्कमा सस्तो पैसामा कल गर्न सकिने

Nepal Telecom new voice pack - नेपाल टेलिकमको नयाँ भ्वाइस प्याक, जुनसुकै नेटवर्कमा सस्तो पैसामा कल गर्न सकिने

यसका साथै हाल उपलब्ध विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक,(Postpaid Packs) सजिलो अनलिमिटेड प्रिपेड प्याक (Prepaid Packs) र सीयूजी प्याक (CUG packs) हरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएको कम्पनीले जनाएकाे छ ।

Nepal Telecom new arrangement

नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध गराइएको छ ।


यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड ‘अल-नेट डे भ्वाइस प्याक’ र राति १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने ‘अनलिमिटेड अल-नेट नाइट प्याक’ रु. २५ मा खरिद गर्न सकिन्छ ।


साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म रु. १२ मा ३० मिनेट र रु. १५ मा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने ‘अल-नेट डे भ्वाइस प्याक’ पनि उपलब्ध हुनेछ ।


त्यस्तै सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएकाे कम्पनीले जनाएकाे छ । रु. ५९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ ।


अब रु. ५९९ मा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डेटा चलाउन सकिने छ ।


साथै, रु. ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ ।


यो प्याकमा प्रतिदिन १ जीबी डेटा समेत चलाउन सकिन्छ । रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल-नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ ।


त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डेटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन् ।

Nepal Telecom New packs can be purchased from

नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म खरिद गर्न सकिनेछ । पहिलेदेखि नै उपलब्ध अन्य विभिन्न प्याक यथावत् रहेकाे कम्पनीले जनाएकाे छ ।

New packs can be purchased from 17th March, 2078 to 4th April, 2079. The company has stated that various other packs already available are still available.

Post a Comment

0 Comments